जनकपुर, असार १५
नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने गरिन्छ । विगत वर्ष झैँ यसवर्ष पनि देशैभरी ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ १९ औँ धान दिवस मनाइदैँछ ।
राष्ट्रियस्तरमै मनाइने धान दिवसको अवसरमा मधेस प्रदेश सरकारका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरु खेतखेतमै गएर धान रोपेर धान रोपाईको शुभारम्भ गरेका छन् ।
मुलुकको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुुँदै आएको छ । नेपालमा हुुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस प्रदेशमा अहिलेसम्म चैते र बर्षे दुबै मिलाएर १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन भएको छ ।
मधेस प्रदेशमा अहिलेसम्म ३.५१ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ४ लाख ३ हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिए ।
मन्त्रालयका अनुसार मधेस प्रदेशमा अहिलेसम्म बारा जिल्लामा सबैभन्दा बढि धान उत्पादन भएको छ । कुल ६१ हजार १२५ हेक्टर खेतीयोग्य जग्गामध्ये सो जिल्लामा २ लाख ५९ हजार ३८१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
बारामा यसवर्ष प्रतिहेक्टर ४.२४ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।
त्यस्तै पर्सामा कुल ३८ हजार ५७० हेक्टर खेतीयोग्य जग्गामा कुल १ लाख ६१ हजार ६९६ मेट्रिक टन धान उत्पादन भएको छ । पर्सामा प्रतिहेक्टर ४.१९ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको छ ।
त्यस्तै सप्तरीमा ५७ हजार ३०४ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाई गरिएकोमा १ लाख ७० हजार ९०१ सय मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ । सप्तरीमा प्रतिहेक्टर २.९८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको छ ।
त्यस्तै सर्लाहीको ४४ हजार ७ सय हेक्टर खेतीयोग्य जग्गामा प्रतिहेक्टर ३.३२ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ४८ हजार ४९० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
धनुषामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.२१ प्रतिशत उत्पादन भएको छ । धनुषमा कुल १ लाख ७३ हजार २२० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै महोत्तरीमा ५१ हजार २ सय हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.७३ प्रतिशत अर्थात कुल १ लाख ९० हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको हो ।
त्यस्तै सिरहामा ५८ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.४१ प्रतितको हिसाबले १ लाख ९७ हजार ५५७ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।
मधेश प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर २.९६ प्रतिशत अर्थात १ लाख १४ हजार ५४० मेट्रिक टन धान उत्पादन भएको छ ।
मल खाद्यको आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेको छ । तरपनि किसानहरुले सहजरुपमा मल खाद्य नपाउँदा उत्पादनमा ह«ास आउँदै गएको छ ।
धान उत्पादनमा उल्लेख्य वृद्धाका लागि किसानलाई मल तथा खाद्यको सहज व्यवस्था हुन आवश्यक रहेको किसानहरुको भनाई छ ।
वर्षायामले यस वर्ष साथ दिएपनि किसानहरु मल खाद्यको अभावमा मर्कामा परेका छन् । मधेस प्रदेशमा सिचाईको अभाव रहेकोे समयमा जसोतसो धान रोपाई गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले चिन्तित बनाएको छ ।
मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत मात्र रोपाई
देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको तराई मधेशमा सबैभन्दा बढी धान उत्पादन हुँदै आएको छ । नेपालमा हुुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्र यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ ।
मधेश प्रदेशमा ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्ने मन्त्रालयको तथ्यांकले देखाएको छ ।
देशभर राष्ट्रिय धान दिवस मनाईरहँदा मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ भएको छ । सबै भन्दा बढी पर्सामा ११ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ भने सबै भन्दा कम ४ प्रतिशत क्षेत्रफलमा धनुषामा धान रोपाई भएको छ ।
मधेस प्रदेशमा यसवर्ष अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जनाएका छन् ।
उनका अनुसार मधेस प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि पर्सा जिल्लामा रोपाइँ सम्पन्न भएको छ । पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । पर्सामा अहिलेसम्म ९ हजार ४२६ हेक्टर (२० प्रतिशत) क्षेत्रफलमा रोपाई सम्पन्न भएको उनले बताए ।
त्यस्तै सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ । तर सप्तरीमा यसवर्ष १० हजार २ सय हेक्टर (१५ प्रतिशत) क्षेत्रफलमा रोपाई भएको छ ।
भने सिरहामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाई हुने गरेपनि यसवर्ष ७ हजार ५६० हेक्टर (१४ प्रतिशत) रोपाई भएको उनले बताए ।
त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५ सय हेक्टर मध्ये अहिलेसम्म ४ हजार ६५० हेक्टर (१० प्रतिशत) क्षेत्रफलमा मात्र रोपाई भएको जनाइएको छ ।
त्यसैगरि बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म बारामा ४ हजार ६०२ हेक्टर (१० प्रतिशत) क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टर मध्ये अहिलेसम्म रौतहटमा २ हजार ६६७ हेक्टर (७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ ।
त्यस्तै सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७ सय हेक्टर मध्ये अहिलेसम्म २ हजार ३३५ हेक्टर (५ प्रतिशत) क्षेत्रफलमा रोपाई सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।
यस प्रदेशमा यसवर्ष सबैभन्दा कम धनुषा जिल्लामा रोपाई भएको उनले बताए । धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा धान रोपाई हुनुपर्नेमा २ हजार ३६० हेक्टर अर्थात ४ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको बाली विकास अधिकृत पालले बताए ।



