दिल्ली, असार २२

भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् ।

उनीहरुको राज्यसभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिनै लाग्दा उनीहरुले एक दिन अगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री भएकै बेला संसद सदस्यको म्याद सकिएर मन्त्री पद छोड्नु परेको हो ।

उनीहरु फेरि निर्वाचित हुनु अगाडि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था रहेकोो छ । उनीहरूलाई फेरि मन्त्रीको रूपमा सपथ खुवाइने सम्भावना पनि रहेको जनाइएको छ ।

हालै भएको राज्य सभा निर्वाचनबाट अधिकांश नेताहरु निर्वाचित भएर आएका छन् । भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्य सभा निर्वाचन हालै भएको थियो । अहिले भएको निर्वाचनमा नाक्भीलाई भने पार्टीले उम्मेदवार बनाएको थिएन ।

त्यस्तै जेडीयू गठबन्धनको तर्फबाट विहारबाट निर्वाचित भएका आरसीपी सिंहले सन् २०२१ को जुलाई ७ मा सपथ लिएका थिए । – एएनआई