जनकपुर, असार ३०
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धनको आवश्यकता नरहेको दावी गरेका छन् ।
बिहीबार जनकपुरधाममा कार्यकर्ताहरुसँग भेटघाट गर्नेक्रममा नेता कोईरालाले मधेशका काँग्रेसीजनहरु गठबन्धनको विपक्षमा रहेकाले गठबन्धनको आवश्यकता नरहेको बताएका हुन् ।
उनले मधेश प्रदेशका ८ वटै जिल्लाका जिल्ला सभापतिले काँग्रेस एक्लै चुनाव लडनुपर्ने पक्षमा रहेको बताए । उनले भने, ८ वटै जिल्लाका जिल्ला सभापतिहरु गठबन्धनको पक्षमा छैनन्, तर यदी काँग्रेसले गठबन्धन गर्ने हो भने अन्य दललाई न्युनतम सिट दिएर मात्र गठबन्धन गर्नुपर्छ ।
उनले गठबन्धन कति र कस्तो खाले गर्ने कुरा भन्नेमा व्यापक छलफल हुनुपर्ने बताउँदै उनले वाम गठबन्धनको पनि सम्भावना हुने उनको भनाई छ ।
