एजेन्सी, असार ३१

बलिउड अभिनेत्री सुष्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदी सम्बन्धमा रहेको खबर सार्वजनिक भएसँगै ललित मोदीको एउटा पुरानो ट्वीट ट्रेन्डिङ हुन थालेको छ ।

ललित मोदीले ट्विटरमा आफ्नो र सुस्मिता सेनको तस्बिर सेयर गरेर मानिसहरूलाई चकित पारेका छन् । ललित मोदीले सुस्मिता र आफु रिलेसनसिपमा रहेको र छिट्टै विवाह गर्न लागेको बताएका हुन् ।

ललित मोदीको सो ट्विटपछि दुवै ट्विटरमा ट्रेन्ड हुन थाले र मानिसहरूले आफ्ना पुराना फोटो र ट्वीट पोस्ट गर्न थाले । यसै क्रममा ललित मोदीको सन् २०१३ को एउटा ट्वीटको स्क्रिनसट पनि सेयर हुन थाल्यो जसमा मानिसहरुले खिसी गर्दै कमेन्ट गर्न थालेका छन् ।

सन् २०१३ को सो ट्विटमा ललित मोदीले सुस्मिता सेनलाई ट्याग गर्दै लेखेका छन्, ‘मेरो एसएमएसको जवाफ दिनुहोस् ।’

त्यसपछि ललित मोदीले ट्विटमा लेखेका थिए, ‘ठीक छ म प्रतिबद्ध छु ।’ त्यसपछि सुष्मिता सेनले भनिन्, ‘ललित मोदी तपाईं निकै सज्जन हुनुहुन्छ । यद्यपि, बाचा तोड्नका लागि हुन्छन् तर प्रतिबद्धताको सम्मान हुन्छ ।’

त्यसपछि मोदीले सुस्मिता सेनलाई ट्याग गर्दै अर्को ट्वीट गरेका थिए, ‘मेरो एसएमएसको जवाफ दिनुहोस् ।’

अहिले सो ट्विटमा फलोवर्सहरुले हास्यास्पद टिप्पणी गरिरहेका छन् ।