जनकपुर, असार ३२

पुनर्गठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संसदीय निर्वाचन नजिकिँदै गर्दा देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको भन्दै थापाले यस्तो टिप्पणी सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

No description available.

अध्यक्ष थापाले लेख्छन् – ’संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल ’कठपुतली’ तयार गर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।’