काठमाण्डौ, साउन १
१५० सिसी भन्दा बढी क्षमता भएको मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै आज देखि १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातामा प्रवितन्ध लगाएको हो ।
भदौं १४ सम्म लाग्ने मोटरसाइकल आयातमा थप कडाई गरिएको छ ।
यसअघि वैशाख १४ देखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।
यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भएपनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको छ ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई भने निरन्तरता दिएको छ ।
गाडीको साथै सबै किसिमका कुर्कुरे, कुर्मुरे जस्ता खाध्य वस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको छ ।
