धनुषा, साउन १

धनुषाको ढल्केवरमा सवारी दुर्घटना हुँदा एक व्यवसायीको मृत्यु भएको छ ।

धनुषाको ढल्केवरमा भएको दुर्घटनामा मिथिला नगरपालिका वडा नम्बर ६ स्थित ढल्केवर बस्ने ४५ वर्षिय शिवलाल यादव कपडा व्यवसायीको मृत्यु भएको हो ।

शनिबार राति ढल्केवर–जनकपुर सडकखण्डमा ढल्केवर तर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीप पल्टिएर सवार मोटरसाइकलमाथि ठोक्किन पुगेको थियो ।
सो सवारी दुर्घटनामा गम्भीर घाइते भएका चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न जीप र सोका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षिय मन्जयकुमार साहलाई ढल्केवर प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।