जनकपुर, साउन २

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् ।

सोमबारदेखि मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तरर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका छन् ।

प्रतिष्ठानले ०७७ कार्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई आइबारदेखि हाजिरी तथा कामकाज नगर्न नगराउन भन्दै प्रतिष्ठानले एक सूचनामार्फत जानकारी गराएको थियो ।

तर निकालिएका करारका कर्मचारीहरुले भने आपत्ति जनाउँदै अस्पतालमा तालाबन्दी गर्न पुगेका थिए ।

तर प्रहरीले अस्पतालको मुलगेटमै आन्दोलित करारका कर्मचारीलाई रोकेपछि उनीहरुले नियमित म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

म्याद थप भएपछि आन्दोलनमा उत्रेकी रेणु यादवले म्याद थप गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेको बताइन् ।

No description available.

कर्मचारीलाई कुनै जानकारी र छलफल नै नगरी हटाएको भन्दै प्रतिष्ठानले पुनः नियुक्ति नगरे कडा आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी समेत दिएका छन् ।

एक सूचना प्रकाशित गर्दै आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको एक दिन नवित्दै सोही संख्यामा सोही पदका कर्मचारी भर्नाका लागि प्रतिष्ठानले विज्ञापन समेत प्रकाशित गरेका छन् । सो सूचना प्रकाशित गरेपछि आजदेखि करारका कर्मचारीहरु आन्दोलित भएका हुन् ।