एजेन्सी, साउन २

भारतमा भएको राष्ट्रपति पदका लागि निर्वाचन सम्पन्न भएको छ भने २१ जुलाईमा मतपरिणाम आउने भएको छ ।

भारतीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रपति निर्वाचनमा ४८०० मतदाता रहेकोमा ४७९६ जना अर्थात ९९ प्रतिशतले मतदान गरेका छन् ।

आयोगले ११ राज्य र केन्द्र शासित प्रदेशमा शतप्रतिशत मतदान भएको जनाएको छ । यस निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई उम्मेदवार छन् ।

भाजपाका पूर्व नेता यशवन्त सिन्हा विपक्षी दलबाट उम्मेदवारी दिएर चुनाव लडेका छन् । निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनकी उम्मेदवार मुर्मु विजय निकट रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

उनलाई एनडीए र सबै विपक्षी दलहरूको समर्थन छ । नयाँ राष्ट्रपतिको मत परिणाम र नाम जुलाई २१ तारेखमा सार्वजनिक हुने जनाइएको छ ।