जनकपुर, साउन ४

मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले स्थानीय एक यूवा क्लबमा व्यायामशालाको उद्घाटन गरेका छन् ।

बुधबार जनकपुरधाम स्थित व्ययामशालाको उद्घाटन गर्दै मन्त्री सिंहले युवाहरु स्वस्थ्य रहेमा मात्र स्वस्थ्य समाज र समृद्ध प्रदेशको परिकल्पनालाई साकार पार्न सकिने बताए । उनले युवाहरु स्वस्थ्य एवं संगठित भएर अगाडि बढेमा समृद्ध समाजको निर्माण हुनेमा समेत विश्वास व्यक्त गरे ।

No description available.

उनले भने, ‘मुलुकमा अहिले संघीयतामाथि खतरा छ, संघीयतालाई संघ सरकारका केही कर्मचारीहरुले नै समाप्त गर्न चाहिरहेका छन्, संघ सरकारकै निर्देशनमा प्रदेशका कर्मचारीहरुले प्रदेश सरकारलाई असफल पार्न षड्यन्त्र गरिरहेका छन् ।’ मन्त्री सिंहले अघि थप्दैँ भने, ‘यस्तो अवस्थामा सबै एकजुट भएर संघीयता बचाउने अभियानमा जुट्नुपर्छ ।’

उनले आफ्नै मन्त्रालयमा कर्मचारीहरुको रवैयाको बयान गर्न नसकिने समेत बताए ।

मन्त्री सिंहले स्थानीय तहको सरकारसँग प्रदेश सरकार समन्वय र सहकार्य गरि अघि बढेमा विकासले प्रदेशको मुहार फेरिने र संघीयता समेत संस्थागत हुने बताए ।

No description available.

राम व्ययामशालामा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले समेत व्यायाम गर्दै सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

यस उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमाहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।