एजेन्सी, साउन ५
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।
भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्ट्रोरल मत हुन्छ । जसमा द्रौपदीको पक्षमा आधाभन्दा बढी मत परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उनको शपथ जुलाई २५ मा हुने बताइएको छ ।
