सिरहा, साउन ८
सिरहामा मिटरब्याजबाट पीडित भएकाहरुले मिटरव्याजी विरुद्ध एक समूहले प्रदर्शन गरेका छन् ।
ाइतबार सिरहा स्थित गोल बजारका सुदखोरका कारण दर्जनौं स्थानीयबासिन्दाहरु घरबार बिहीन भएको भन्दै उनीहरुले मिटरव्याजी विरुद्ध प्रदर्शन गरेका हुन् ।
गृह मन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेपनि कुनै कारबाही नभएको भन्ै उनीहरुले स्थानीय प्रशासन विरुद्ध समेत आक्रोशित हुँदै प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रशासनले नै मिटर ब्याजीहरुलाई संरक्षण दिएको आरोप समेत लगाएका छन् ।
संघर्ष दाहालको अगुवाईमा भएको मिटरव्याजी तथा स्थानीय प्रशासनको विरुद्धमा प्रदर्शनको क्रममा उनले कानूनले गरिबको पक्षमा काम नगरे पीडितहरु कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
