जनकपुर, साउन ११
लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अनुमगन तथा निरिक्षण गरेको छ ।
संघ सरकारको अधिनमा रहेको जचुकालिलाई मधेस प्रदेश सरकारले सरकारको प्रशासनिकका लाग स्थायी संरचना निर्माण गर्ने भन्दै हस्तान्तरण गर्न माग गरिरहेकै बेला मन्त्री बडुले अनुगमन तथा निरिक्षण गरेका हुन् ।

बुधवार मधेस प्रदेश सरकारको प्रशासनिक कार्यक्षेत्रमा रहेको जचुकालिको निरिक्षण तथा अनुगमन गर्दै मन्त्री बडुले जचुकालिले एक समय निकै प्रख्यात रहेको र नाम कमाएको उद्योग रहेकाले अहिलेको कारखानाको अवस्था, जचुकालिको सरसम्पति, मेसिनरीलगायतका अवस्था तथा विषयवस्तु बुझ्नका लागि अनुगमत तथा निरिक्षण गर्न आएको उनले बताएका छन् ।
सरकारले अहिले राष्ट्रिय उत्पादन बढाउन, कलकारखाना सञ्चालन गर्नका लागि नीतिहरु लिएको र उद्योगहरुको क्षमता बढाउने, नयाँ उद्योग सञ्चालन गर्नुका साथै बन्द रहेको कारखानाहरुलाई सञ्चालन गर्नका लागि बजेटहरुसमेत ल्याइएकाले बन्द कलकारखानाको अनुगमन तथा निरिक्षण गरिरहेको मन्त्री बडुले बताए ।

उद्योगहरु चलाएर निर्यातको अवस्था पु¥याएर राम्रो बस्तु उत्पादन गरेमा मुलुकको व्यापार घाटा कम गर्न सकिने उनको भनाई छ ।
केही समय अघि मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरुको टोलीले संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ज्ञापनपत्र बुझाएका थिए ।

जचुकालिको अनुगमनमा आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडुले कारखाना सञ्चालन गर्नुपनि एउटा दायित्व रहेको र प्रदेश सरकारपनि सरकारकै हिस्सा रहेकाले उनीहरुलाई पनि जग्गाको आवश्यकता रहेको भन्दै कारखाना सञ्चालन गर्ने वा सम्पूर्ण कारखाना मधेश प्रदेश सरकारलाई दिने सो विषय अहिले स्पष्ट नभएको समेत बताए ।
त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघले मन्त्री बडुलाई स्वागत तथा सम्मान समेत गरेका छन् । व्यवासयीहरुले आ–आफ्ना समस्या समेत मन्त्री बडुलाई सुनाएका थिए ।
