जनकपुर, साउन २०
सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति मंसिर ४ मा घोषणा गरेसँगै मधेश प्रदेशमा नेताहरुले आफ्नो निर्वाचन क्षेत्रसहित नाम घोषणा गर्न थालेका छन् ।
सोही क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् ।
उनले जनमत पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको जनाएका छन् ।
२०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट निर्वाचित भएका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेको जनाइएको छ । सोही अनुसारको उनले तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम समेत गरिरहेका छन् ।
२०६४ साल यता उनले पटकपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् ।
२०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए ।
