जनकपुर, साउन २२

जानकी मन्दिर वरिपरि फुटपाथमा व्यवसाय गर्दै आएका व्यापारीहरुल जनकपुरधामका उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह विरूद्ध विरोध प्रदर्शन गरेका छन् ।

आइतबार जनकपुरधाममा नगरको परिक्रमा गर्दै प्रदर्शन गर्दै खुद्रे तथा साना व्यापारीहरुले व्यापार तथा व्यवसायका लागि वैकल्पिक स्थानको व्यवस्था नुहँदा मारमा जिविकोपार्जन चलाउन समस्या भएको भन्दै नगरप्रमुख साहको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

जनकपुर युथ डेभलपमेन्ट फोर्स र जानकी युथ नेटवर्क नेपालको संयूक्त संयोजनमा फुटफाथमा व्यवसायहरुलाई व्यापार गर्नका लागि स्थान मिलाउनका लागि नगरप्रमुख साहलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

फुटपाथ खाली गरेको एकसाता भन्दा बढी दिन वित्दापनि जनकपुरधाम उपमहानगरले व्यवस्थापन नगरेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको व्यवासयी सुशील कर्णले जानकारी दिए ।

उनले आफूहरूलाई व्यवस्थापन नगरिएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

May be an image of 3 people, people standing and road

खुद्रा तथा साना व्यवसायीहरुलाई जानकी मन्दिर वरिपरि क्षेत्रबाट हटाएपछि उनीहरु मन्दिर परिसरमै व्यवसाय गर्दै आएका थिए । तर त्यहाँबाट पनि सरोकारवालले धपाएपछि अहिले उनीहरु व्यवस्थापनको माग गर्दै नगरप्रमुख साहलाई ज्ञापन पत्र बुझाएका छन् ।

May be an image of 3 people, people standing, outdoors and crowd