जनकपुर, साउन २३
धनुषाको ढल्केवरमा अवैधरुपमा यौन क्रियाकलापमा रहेको आरोपमा एक जना ओभरसियर र एक यूवतीसहित दुई जनालाई धनुषा पहरीले पक्राउ गरेको छ ।
धनुषाको मिथिला नगरपालिकामा कार्यरत्त ओभरसियर दिलिप महतो र एक जना युवतीलाई ढल्केवर स्थित एक होटेलमा अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
ओभरसियर महतो एक युवतीसंग सो गेष्ट हाउसमा यौन क्रियाकलापमा रहेकै अवस्थामा स्थानीय युवाहरुको एक समुहले नियन्त्रणमा लिई ईप्रका ढल्केवरमा बुझाएको थियो ।
यता प्रहरीले भने युवतीलाई अभिभावकको जिम्मा लगाउने भएको छ ।
