काठमाडौँ, साउन २४
मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले स्वीकृत गरेको छ ।
यससंगै असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्नेलगायतको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । जस अनुसार दशैंको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ ।
अन्तिम नामावली प्रकाशन भने असोज २६ गते प्रकाशन हुने आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय जनाइएको गरिएको छ ।
असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने प्रमुख आयुक्त थपलियाले बताए । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्ष तर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने छ ।
आयोगले मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ भने मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान जनाइएको छ ।
