जनकपुर, साउन २६

अगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन घोषणा भएसँगै नेताहरु आ–आफ्नो क्षेत्रमा सक्रियता बढाउन थालेका छन् ।

धनुषाको क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले सक्रियता बढाएका हुन् ।

पूर्वमन्त्री झाले एकीकृत समाजवादीको संगठन विस्तार तथा भेलालाई तिव्रता दिनका लागि नेकपा एस धनुषाको बैठकबाट पालिकास्तरीय भेला गरिने कार्यतालिका सार्वजनिक गरेका छन् ।

धनुषाको हंसपुर नगरपालिका श्रावण ३० गते बलगंगा बजारमा भेला, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ र १८ को भदौँ १ गते कनकपट्टीमा भेला , औरही गाउँपालिकाको परवाहा दक्षिण दुर्गा मन्दिरमा ६ भाद्र गते भेला,

जनक नन्दनी गाउँपालिकामा भदौँ ७ गते, कमला नगरपालिकाको लक्कडमा ८ गते भेला,

शहिदनगर नगरपालिकाको आयूर्वेद भवन यदुकुहामा १० गते भेला, विदेह नगरपालिकाको तीनकौरिया चोकमा १२ गते भेला हुने एकीकृत समाजवादी धनुषाले कार्यतालिका सार्वजनिक गरेको छ ।

एकीकृत समाजवादीको तर्फबाट धनुषाको क्षेत्र नम्बर २ मा नेता झाले उम्मेदवारी दिने आन्तरिक तयारी रहेको जनाइएको छ ।