जनकपुर, साउन २७
देशभर थप ७८१ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाइएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही समयमा थप २ जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोनाबाट मुक्त भएका छन् भने मुलुकमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन् ।
