जनकपुर, साउन २८

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भ्रष्टाचार विरुद्ध जनता सचेतसहित विरोधमा उत्रिनुपर्ने अपरिहार्यता रहेको बताएका छन् ।

शनिबारदेखि जनकपुरधाम स्थित नेपाल बार एशोसिएसन जनकपुरधामको सभाकक्षमा सुरु भएको दुई दिवसीय कार्टुन प्रदर्शनीको अवलोकन गर्दै गृह तथा सञ्चार मन्त्री साहले भ्रष्टाचार विरुद्ध आमजनता खुलेरै उत्रिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

No description available.

गृह तथा सञ्चारमन्त्री साहले कुनै पनि देशमा जनताले खुलेआमरुपमा शासकको समेत कठोररुपमा विरोध नगर्दासम्म कर्मचारीतन्त्रमा गाँजिएका सरकारले पनि केही गर्न नसक्ने बताए । उनले भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा सबै जना एकमत रहेपनि प्रायः कर्मचारी, शासक र जनताको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मौनता साँध्दै भ्रष्टाचारलाई अंगालिरहेको बताए ।

उनले भ्रष्टाचार मात्र नभई देशमा रहेको विद्यमान बेथितिविरुद्व अहिले कार्टुनष्टको माध्यमले समाज र मुुलुकको वास्ताविक सचित्र कोरेर ऐनाको रुपमा छर्लंग हुने गरि उभ्याएको भन्दै उनले प्रभावकारी कार्टुन बनाएर आमजनताको सचेतना जगाउने काम गरेको बताए ।

No description available.

त्यस्तै वरिष्ठ साहित्यकार रोशन जनकपुरीले हजारौं व्यक्तिको मनको भावनालाई एउटै सानो कार्टुनले विम्वकोरुपमा झल्काउने गरेको हुँदा कार्टुनलाई मनोरञ्जनका साधनका रुपमा मात्र नभई समाजको जनहितकारका लागि समेत आवश्यकता रहेको बताए ।

No description available.

उनले अहिलेको सरकार र शासकले भ्रष्टाचारलाई पनि संस्थागतरुपमै भ्रष्टाचार गर्न पाउनुपर्ने गरि यत्रतत्र भ्रष्टाचार मौलाएको बताए । उनले समाजमा हुने विभिन्न खाले रुढीवादी, परम्परावादी विकृति विसंगतीहरु अहिले पनि यथावत रहेको सामाजिकस्तरबाट पनि कार्टुनिष्टहरुले समाज, जनता र सरकारलाई सचित्ररुपामा व्यंग्य प्रहार गर्दै आमुल परिवर्तनका लागि अगाडी बढ्न कार्टुनष्टिहरुसंग आग्रह गरे ।

No description available.

मुलुकमा मौलाएको भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका चर्चित कार्टुनिस्टका ५० भन्दा बढी कार्टुनहरु प्रदर्शनीमा राखिएका छन् ।

No description available.

कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको कार्टुन प्रदर्शनी कार्यक्रम आइतबारसम्म जारी रहने क्लवका सदस्य केशव राज खनालले जानकारी दिए ।No description available.

 

 

No description available.

No description available.

No description available.

May be an illustrationMay be an image of one or more people and text