जनकपुर, साउन २८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेश प्रदेश सरकारले विकास निर्माणदेखि बेटीको नाममा भएको खर्चको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देखावटी विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, सौन्दर्यकरणदेखि प्रदेश सरकारस्तरबाट भएको हरेक खर्चमा अनियमितता भएको बताएका हुन् ।

अध्यक्ष लामिछानेले मधेश प्रदेशमा भएका विभिन्न विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य क्षेत्र प्रदेश सरकारले गरेको लगानीको छानविन हुनुपर्ने बताए ।

अध्यक्ष लामिछानेले मुलुक र प्रदेशको टाट पल्टाउने गरि पैसा खाएर देखावटी विकास निर्माणको काम गरेको देखाएर मधेशीलाई ठग्न खोजेको आरोप लगाए ।

अध्यक्ष लामिछानेले जनताका आवश्यकता आधारभुत आवश्यकतालाई बेवास्ता गर्दै मधेश प्रदेश सरकारले निकम्मा बनाएको आरोप लगाए । उनले भने, ‘मधेश प्रदेशमा रहेका अस्पतालहरु, विकास निर्माणका कार्यहरु, सडक, पोखरीलगायतका खाल्डाखुल्डीहरुमा समेत प्रदेश सरकारमा बसेकाहरुले कमिसन खाएर काम गरेको छ ।’

अध्यक्ष लामिछानेले मधेश प्रदेश सरकारले बेटीको नाममा पनि पैसा खान नछाडेको आरोप लगाउँदै उनले छोरीको नाममा समेत पैसा खान पल्केका मधेश प्रदेश सरकारसँग जनताका लागि केही गर्लान् भनेर सोच्नु नै गलत नियतिको उपज रहेको बताए ।

उनले मधेश प्रदेश सरकारमा बसेकाहरुले व्यक्तिगत आफ्ना नातागोता र कार्यकर्ता भर्ती केन्द्र बनाएको बताएर कमाई खाने भाँडो बनाएको आरोप लगाए ।

May be an image of 1 person and standing

उनले जनताका नाममा हुने कुकृति, विकृति, विसंगति, अनियमितता, कमिसन खाएर विभिन्न विकास निर्माणका कार्य गरेकाहरुको हिसाब किताब लिन आवश्यक रहेको हुनाले यसको पनि जवाफ र छानविन जनताले गर्ने बताए ।

उनले राजनीति विना मुलुकमा परिवर्तन सम्भव नरहेकाले आफुले राजनीतिक यात्रा आरम्भ गरेको बताए ।

उनले सानातिना काम देखि ठुला कामहरु समेत राजनितिक दलले गर्न सक्ने हुनाले आफुले मुलुकको सकारात्मक परिवर्तनका लागि राजनीतिमा होमिएको स्पष्ट पारे ।