जनकपुर, साउन २९

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका छन् ।

जनकपुरधामबाट भारतको अयोध्या, बनारस सहितको धार्मिक तीर्थ यात्रामा गएका १ सय २ जना धार्मिक यात्रिलाई जानकी मन्दिरको प्रांगणबाट बिदाई गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले अगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै काँग्रेसका नेता निधिले लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

उनले लोसपा नेपालसंग प्रधानमन्त्री देउवाले कुराकानी भईरहेको बताउँदै उनले आफू पनि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट लोसपाका बरिष्ठ नेता राजेन्द्रमहतोसंग मिलेर उम्मेदवारी दिने स्पष्ट पारे ।

उनले भने, ‘यदी आफूले निर्वाचन उम्मेदवारी दिनेमा कुनै दुईमत नरहेको र आफुलाई राजेन्द्र महतोले यसअघि पराजित गरिसकेकाले उहाँले यसपालि फेरि लड्ने कि नलड्ने भन्ने सवाल उहाले नै भन्नु हुन्छ ।’

उनले काँग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अगामी निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई नै दिने निर्णय भएकोले पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारीको टुंगो सभापतिले नै लगाउने समेत बताए ।आगामी निर्वाचनमा सँगै मिलेर जान महतोसँग कुराकानी गरेको छु : नेता निधि

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष शिवकुमार साहको अगुवाईमा वडाका जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारससहितका धार्मिक तीर्थयात्रामा निस्केका छन् ।

यस अघि नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले करिब एक साता अघि नै धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदावरी दिने घोषणा गरिसकेकी छिन् ।