जनकपुर, साउन २९

राष्ट्रपतिले संघीय संसद्को दुवै सदनबाट पारित भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेकोमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले गम्भीर आपत्ति जनाएको छ ।

विधेयकमा नागरिकता प्राप्ति सम्बन्धी कुन विषय संविधानसँग बाझिएको वा कहाँनेर संघीय संसद्ले पुनर्विचार गर्नुपर्ने प्रस्टै नपारी स्पष्ट सन्देशरहित अवस्थामा अकारण विधेयकलाई फिर्ता गरिनुप्रति तमलोपाले आपत्ति जनाएको हो ।

तमलोपका अध्यक्ष वृषेशचन्द्र लालले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘संविधानअनुसार प्रमाणीकरणको हद अवधिसम्म थन्काएर राखी गरिएको यो कारबाही नागरिक भएर पनि नागरिकता प्रमाणपत्रको अभावमा नागरिक अधिकारको उपभोग गर्न नपाएकाहरूप्रति संवेदनहीनताको स्पष्ट उदाहरण हो ।’

उनले अघि थप्दैँ भनेका छन्, ‘यस्तो कारबाहीले विभेदी मानसिकतालाई दुरुत्साहित र देशको जनता-जनताबीच एकताको डोरीलाई कमजोर गर्दछ ।

देशको जनताको नागरिकता सम्बन्धी नैसर्गिक हकमाथि बरोबर हुँदै आएका यस्ता दुर्भावनापूर्ण खेलहरूप्रति तराई-मधेस लोकतान्त्रिक पार्टी विरोध गर्दछ ।’

May be an image of text