
एजेन्सी, भाद्र ४
‘लाल सिंह चड्ढा’ फ्लपपछि आमिर खानको नजर चीन तर्फ छ ।
बलिउड अभिनेता आमिर खानको फिल्म बक्स अफिसमा फ्लप साबित भइसकेको छ ।
गत ११ अगष्टमा रिलिज फिल्मले बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेको छ । चार वर्षपछि रिलिज भएको ‘लाल सिंह चड्ढा’ फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्स अफिसमा फिल्म फ्लप भएपनि आमिरका नजर यतिबेला चीनतिर सोझिएको छ ।
चीनमा आमिरको फ्यान फलोइङ धेरै छन् । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात भने ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित देखिएका छन् ।
यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्स अफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएकाले उनको नजर चीन तर्फ सोझिएको हो ।