जनकपुर, भाद्र ८

उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्टको लागि आदेश दिएको छ ।

बुधबार उच्च अदालत जनकपुरमा न्यायाधीश भोजराज अधिकारी र न्यायाधीश रेखा थापा पाण्डेको संयूक्त इजालसले यस्तो आदेश दिएको हो ।

पीडिता निहारिका (नाम परिवर्तित) ले जर्वजस्ती करणीको मुद्दामा शिवराज श्रेष्ठलाई विपक्षी बनाई दिएको मुद्दामा श्रेष्ठले आफुले करणी नगरेको भनि बयान दिएको आदेशमा उल्लेख छ ।

तर पिडिताले भने जबर्जस्ती करणी गरेको भनि जाहेरी दिई अदालत समक्ष बकपत्र गरेको र प्रतिवादीको करणीबाट छोरा समेत जीन्मएको भन्ने उल्लेख गरेको देखिएको र यस इजलास समक्ष बहसको भएको छ ।No description available.

सोक्रममा प्रतिवादी र पिडिताबाट जन्मेको छोरालाई उच्च सरकारी वकील कार्यालय जनकपुर मार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा पिडिताको रोहबरमा डिएनए परिक्षण गराई परिक्षण प्रतिवेदन प्राप्त भएपछि नियमानुसार गरी पेस गर्न आदेश दिएको छ ।