जनकपुर, भाद्र ८ 

धनुषा प्रहरीले भारीमात्रामा अवैध भन्सार चोरी निकासीका सामग्री बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटिएको प्रहरी टोलीले जनकपुर उप–महानगरपालिका वडा नम्बर १ स्थितमा ज.१ च. ११५१ नं. को पिकअप गाडीमा ७८ लाख भन्दा बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

गस्तीमा खटेको प्रहरी टोलीलाई देखेर गाडी छाडी चालक फरार भएपछि प्रहरी टोलीले उक्त पिकअप गाडीलाई चेक जाँच गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएका ७३ लाख ४२ हजार ७०० रुपैयाँ बराबरको विभिन्न किसिमको लत्ताकपडा लगायतका सरसामग्री बरामद भएको धनुषा प्रहरीका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थितबाट ज.३ प. ७८५० नं. को मोटरसाइकलमा लोड गरी ल्याएका विभिन्न किसिमको किराना सामानहरू १ लाख ११ हजार ६६० रुपैयाँ बरामबरको सामग्री, ३ लाख ७१ हजार ५०० रुपैयाँ बराबरका मोबाईलको डिस्पलेलगायतका सरसामग्रीहरु गरी कुल ७८ लाख २५ हजार ८६० रपैयाँ बराबरका सामग्रीहरु बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको उनले बताए ।