जनकपुर, भाद्र १८
मधेस प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले प्रतिनिधि सभामा उम्मेदवारी बन्नका लागि पदबाट राजीनामा दिएका छन् ।
आउदो मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिनका लागि शनिवार मुख्यन्यायाधिवक्ता झाले मुख्यमन्त्री लालबाबू राउतलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
झा महोत्तरी क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिने जनाएको छ ।
यस क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित छन् ।