जनकपुर, भाद्र २०

सबैका लागि पुस्तक, पुस्कतका लागि साझा भन्ने मुल नाराका साथ साझा प्रकाशनले विशेष छुटमा पुस्तकालय विक्रि वितरण गरिरहेको छ ।

पुस्तकालय दिवस र वडा दशैँको अवसरमा साझा प्रकाशनले मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित भानु चोकमा रहेको साझा प्रकाशनले बृहत् पुस्तक प्रदर्शनी २०७९ को आयोजना गरेको हो ।

आइतबार देखि १२ दिनसम्म पुस्तक विक्रि वितरण हुने साझा प्रकाशन मधेश प्रदेश कार्यालयका प्रमुख दिलिप गुप्ताले जानकारी दिए ।
उनले भाद्र १२ गतेदेखि ३१ गतेसम्म विशेष छुटका साथ साझा प्रकाशनका सबै विक्रि केन्द्रहरु पुस्तक उपलब्ध भईरहेको प्रादेशिक कार्यालय प्रमुख गुप्ताले बताए ।

उनले प्रकाशनले आफ्नो प्रकाशनसहित ५ हजार प्रकारका प्रकाशन भएका पुस्तकहरुको विक्रि वितरण गरिरहेको बताए ।