जनकपुर, भाद्र २०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरे अदालत जाने चेतावनी दिएका छन् ।

सोमबार जनकपुरधाममा मधेश प्रदेशमा रहेको माओवादीका केन्द्रिय सदस्यहरुको बैठकमा सहभागी भएका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे अदालतमा जाने र अदालतबाटै फैसला हुने बताए ।

उनले संविधानतः राष्ट्रपतिलाई एक पटक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणिकरण हुनेमा ढुक्क रहेको बताए ।

आउँदो मंसिर ४ गते हुने निर्वाचनको तयारीमा मुलुक जुटिरहेको बेला भएको माओवादी केन्द्र मधेश प्रदेशमा रहेका केन्द्रिय सदस्यहरुको बैठकमा सहभागी भएका छन् ।

उनले गठबन्धनले सिट संख्या टुंगिसकेको बताउँदै मधेश प्रदेशमा ९ वटा प्रतिनिधिसभाको निर्वाचनमा सिट दावी गर्ने बताए ।

पाँच दलीय गठबन्धनले सिट संख्या टुग्याईसकेको भन्दै उनले संघ र प्रदेश टुंगिन बाकी रहेको समेत बताए । उनले आजभोलीसम्म बैठकबाट छलफल गरेर गठबन्धनले क्षेत्र र प्रदेशको पनि टुंगो लगाउने बताए ।

यस पटक माओवादीले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनबाट मधेश प्रदेशमा ९ वटा सिट दावी गर्ने उनले बताए । मधेश प्रदेशमा माओवादीको ६ वटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् ।

May be an image of 6 people, people standing and outdoors

महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनको शिलान्यास गर्न अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, शिक्षा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेललगायतका नेताहरुको सहभागिता थियो ।