जनकपुर, भाद्र २१
आउँदो मंसिर ४ गते हुन लोको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस धनुषाले जिल्लाको चारवटै प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारीहरुको नाम सिफारिस गरेको छ ।
धनुषा काँग्रेसले चार वटै निर्वाचन क्षेत्रका लागि ११० जना आकांक्षी उम्मेदवारको नाम प्रत्यक्ष तथा समानुपातिक तर्फको नाम क्षेत्रीय कमिटीको भेला तथा बैठकबाट सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा धनुषा क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष र समानुपातिक तर्फबाट पनि पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको एकल नाम क्षेत्रीय नम्बर १ को बैठकबाट सिफारिस गरेको छ ।
त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को (क) का लागि संजय कुमार महतो, भोला पजियार र सुरेश यादवको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ रामसुक यादव, मनहरि श्रेष्ठ र सरिता ठाकुरको नाम सिफारिस गरिएको कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दिपनारायण यादवले जानकारी दिए ।
धनुषा –१ को (ख) मा प्रदेशसभातर्फ प्रत्यक्षमा लक्ष्मी नारायण मण्डल, श्याम लाल महतो र रामपल्टन साह रहेका छन् भने समानुपातिक तर्फ पुष्पलता लामा, मैथिल कर्ण र युसुफ राईनको नाम सिफारिस भएको उनले बताए ।
त्यस्तै धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव र मुक्ता कुमारी यादवको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ पूर्वजिल्ला सभापति महेशशंकर गिरि, बसन्त कुमार गौतम, शिवधारी यादव, गणेश कुमार साह, विनोद महरान, रामकला यादव, रुपनारायण साफी, सिदेश्वर साफी, सितादेवी मण्डल र हसिमा खातुनलगायत १० जनाको नाम सिफारिस भएर आएको काँग्रेस धनुषाका जिल्ला सचिव कन्हैया कर्णले बताए ।
त्यसैगरी प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ को (क) मा राजेश्वर गोईत, दिनेश कुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रेमचन्द्र झा, कुलदेव गोईत यादव, मनोहर ठाकुर, सुचितलाल मरिक, रामचन्द्र मण्डल, देवनारायण मण्डल, पुनम देवी, भारती कार्की, रेखा देवी महरान, रामसुन्दर महरा र अमृता चौधरीलगायत ११ जनाको नाम सिफारिस भएको सचिव कर्णले बताए ।
त्यस्तै धनुषा –२ को (ख) मा प्रत्यक्षतर्फ राजदेव यादव, उत्तिम प्रसाद मण्डल, नविन कुमार गोहिवार, भूपनारायण यादव, भोला चौधरी, देवेन्द्र कुमार भरखेर, शिवशंकर गोइत, जगदिश चौधरी यादव र सत्यनारायण साहसहित ९ जनाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ राजकिशोर सिंह, अनिता यादव, लक्ष्मी नारायण यादव, विजय कुमार साह, सत्यदेव प्रसाद साह, अजिता कुमारी पासवान, तस्लिम राईन, लक्ष्मी महतो, सरिता देवी रोहिता, सुश्मा देवी महरा, सुनैना देवी रजक, जयप्रकाश ठाकुर, सत्यनारायण साह, विमली कुमारी र शत्रुहन यादवसहित १५ जनाको नाम काँग्रेसको धनुषा जिल्ला समितिमा सिफारिस भएको छ ।
त्यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नेता गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस भएको छ भने प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम सिफारिस भएको जिल्ला सचिव कर्णले बताए ।
त्यस्तै प्रदेशसभामा धनुषा–३ को (क) मा प्रत्यक्षतर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सुनिल कुमार झा (मिन्टन) र चिंटी कुमारी महतोको नाम सिफारिस भएको उनले बताए ।
धनुषा–३ को (ख) मा काँग्रेसको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ हरिशंकर साहको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ प्रदीपकुमार चौधरी र किरण कुमारी झाको नाम सिफारिस भएको उनलेब बताए ।
त्यस्तै धनुषा–४ बाट काँग्रेसको क्षेत्रीय भेलाले प्रतिनिधिसभातर्फ सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ जिल्ला सभापति योगेन्द्र पँजियार र महाधिवेशन प्रतिनिधि तुलसा आचार्यको नाम सिफारिस भएको छ ।
त्यसैगरी प्रदेशसभामा धनुषा– ४ को (क) का लागि प्रत्यक्षतर्फ कोमलकान्त झा, योगनारायण यादव, विक्रम यादव र शिवशंकर यादवसहित ४ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ कुमरकान्त झा, बुलन यादव, इनदु यादव, महेन्द्र यादव, महेन्द्र साह, मो. इब्राहिम राईनसहित २१ जनाको नाम सिफारिस भएको क्षेत्रीय सभापति झाले बताए ।
त्यस्तै प्रदेशसभामा धनुषा– ४ को (ख) का लागि जिल्ला कोषाध्यक्ष राजलाल महतो र रामकुमार भण्डारीको नाम सिफारिस भएको छ । धनुषा–४ बाट समानुपातिकतर्फ बासुलाल महतो, राजकुमार महतो, गुदर यादव, निर्मला कोइराला, भावना ढुंगेल र प्रमिला देवी कुशवाहासहित ६ जनाको नाम सिफारिस गरिएको छ ।
