प्रतिनिसभा तथा प्रदेशसभा सदस्यमा २७ जनाको नाम केन्द्रमा सिफारिस
जनकपुर, भाद्र २१
आगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन हुने भएपछि अहिले राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् ।
नेकपा माओवादी केन्द्र धनुषा कमिटीले केन्द्रिय कमिटीमा आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
मंगलबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रिय सदस्यहरुको संयूक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेका हुन् ।
धनुषा माओवादीले धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का लागि दोश्रो पटक पनि प्रतिनिधिसभा सदस्य समेत रहेका मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव दिपक, शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ । भने निर्वाचन क्षेत्र नम्बर १ (ख) का लागि आकांक्षी उम्मेदवारको रुपमा सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम केन्द्रिय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवले बताए ।
त्यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर २ का लागि योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नम्बर २(ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको उनले बताए ।
त्यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखिलाल पासमान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर ३(क) बाट अनिल पासमान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) बाट महेश यादवको नाम सिफारिस गरिएको उनले बताए ।
त्यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ भने धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक दिपक यादवले बताए ।
उनले एक दुई दिनमा समानुपातिक तर्फको नाम टुंगिने बताए ।


