जनकपुर, भाद्र २२
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुने भएपछि अहिले राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त निकै छन् ।
विभिन्न दलहरु भित्र उम्मेदवार सिफारिसका लागि छनोट हुने क्रममा निकै रस्साकस्सी समेत चलिरहेका छन् । यही वीच नेकपा माओवादी केन्द्र धनुषा कमिटीले केन्द्रिय कमिटीमा आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ ।
माओवादीले नाम सिफारिस गर्दा एकै जनाको नाम दुई ठाउँबाट प्रत्यक्ष तर्फमा प्रदेशसभा सदस्यका लागि नेता अनिलकुमार पासमानको नाम सिफारिस गरेको छ । दुई ठाउँबाट प्रदेशसभा सदस्य पदकै लागि सिफारिस भएपछि अहिले उनको चर्चा व्यापकरुपमा हुन थालेको छ ।
उनको नाम प्रत्यक्ष तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट सिफारिस गरिएको छ ।
सो क्षेत्रबाट नेता श्यामकुमार यादव, रामकिशोर पासमान, र वैद्यनाथ मण्डलको नाम समेत सिफारिस गरिएको छ । भने प्रदेशसभाका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट समेत पहिलो क्रममै अनिलकुमार पासमानको नाम सिफारिस गरिएको छ ।
सो क्षेत्रबाट चन्द्रशेखर साहको नाम समेत सिफारिस नेकपा माओवादी केन्द्र धनुषाले गरेको छ ।
को हुन् अनिलकुमार पासमान ?

दलित समुदायबाट अग्रमोर्चामा रहेर भुमिगतकाल देखि जनयूद्धमा समेत अह्म भुमिका निर्वाह गरेका नेता पासवान एक कुसल संगठक समेत हुन् ।
उनी तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयूद्धको क्रममा २०५८ देखि नै आवद्ध छन् । उनी माओवादीको तल्लो कमिटी हुँदै तत्कालिन जनमुक्ति सेना नेपालको कम्पनी भाइस कमान्डर रहेर समेत कतिपय यूद्ध मोर्चामा सामिल भईसकेका छन् । यूद्धकै क्रममा उनी घाइते समेत भएका थिए । पार्टी र संगठनपर्ति सधैँ समर्पित रहेका नेता पासमान अहिले योंग कम्यूनिष्ट लिग (वाईसिएल ) नेपालको केन्द्रिय सचिवको जिम्मेवारीमा छन् । उनी मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख तिलक परियारका मुख्य सुरक्षा सल्लाहकार भएर पनि काम गरिसकेका छन् ।
उनले यसपालि भएको स्थानीय तहको निर्वाचनमा पनि मुख्य भुमिका निर्वाह गरेका थिए । स्थानीय तहको निर्वाचनमा पनि औरही गाउँपालिकाबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिइने व्यापक चर्चा चलेपनि पछि पार्टी संगठनकै लागि अह्म भुमिका निर्वाह गरेका थिए ।
वाईसिएल नेपालका केन्द्रिय सचिव पासमानले पार्टीले दिने जिम्मेवारी आफु सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए । उनले पार्टीको निर्देशन अनुसार दुई ठाउँबाट कुनै एक ठाउँमा दिएमा पनि आफु उम्मेदवारी दिने तयारीमा रहेको बताए । उनले आफुले पार्टीको तर्फबाट टिकट पाएमा जनताका जनजिविकालाई हल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि कटिबद्ध भई लागि पर्ने बताए । उनले जनताको एजेण्डा नै मेरो र पार्टीको एजेण्डा रहेकाले जनताका हरेक समस्या समाधान गर्ने देखि विकास निर्माणमा हुने गरेका अनियमितता, भ्रष्टाचार र यूवा केन्द्रित खेलकुद, शिक्षा, मनोरञ्जन र स्वास्थ्य क्षेत्र एवं रोजागरीमुखी कार्यक्रम ल्याउने योजना रहेको बताए ।
