जनकपुर, भाद्र २२

धनुषामा दुई युवतीको शव फेला परेको छ ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित धान खेतमा स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन वडा नम्बर ७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।

स्थानीयवासी खेतमा जाँदै गर्दा किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

यता धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम रहेको जानकारी दिए ।