महोत्तरी माओवादीले गर्यो उम्मेदावरको नाम सिफारिस

जनकपुर, भाद्र २६

नेकपा माओवादी केन्द्र महोत्तरीले एकै नेताको नाम महोत्तरीको सबै क्षेत्रबाट संघीय निर्वाचनका लागि सिफारिस गरेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि माओवादी केन्द्र महोत्तरीले आकांक्षी उम्मेदवारहरुको नाम गरेको सिफारिसमा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहको नाम चार वटै निर्वाचन क्षेत्रबाट संघीय निर्वाचनका लागि सिफारिस गरेको हो ।

महोत्तरीको क्षेत्र नम्बर १ बाट संघीय निर्वाचनका लागि चार जनाको नाम सफारिस गरेको छ ।

पहिलो नम्बरमा पूर्वमन्त्री गिरिराजमणि पोखरेलको नाम सिफारिस गरिएको छ भने राजु खड्का, मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र प्रकासहरी पोखरेलको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरिएको छ । त्यस्तै महोत्तरीको क्षेत्र नम्बर १ को क बाट तुलसी प्रसाद ढुंगाना, राजन प्रसाद ढुंगाना, अनिल बस्नेत, विदुर कुमार कार्की, चुडामणि पोखरेल र रामजतन महतोको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्बर १ को ख तर्फमा प्रत्यक्ष तर्फबाट विष्णु लामा, दिलकुमारी साह, राम पुकार यादव, पृथ्वीबहादुर बलम्पाकी छन् । दिलकुमारी साह गृह तथा सञ्चारमन्त्रीकी श्रीमति हुन् ।

त्यसैगरी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनका लागि गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, विमल यादव, अबदेश चौधरी, रञ्जित यादव अधिकारीका नाम आकांक्षी उम्मेदवारीका लागि माओवादी केन्द्रको केन्द्रिय समितिमा सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को क का लागि प्रत्यक्ष तर्फमा बद्रि यादप, अजय यादव, तेजनारायण मण्डल र दिपेन्द्रकुमार यादवको नाम सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ख का लागि अजकुमार यादव र अञ्जली कुमार ठाकुरको नाम सिफारिस गरिएको छ ।

त्यस्तै महोत्तरीको क्षेत्र नम्बर ३ को संघीय निर्वाचनमा प्रत्यक्ष तर्फका लागि रामकुमार शर्मा र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नाम सिफारिस गरिएको छ ।May be an image of text that says "父 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनाव चिन्ह"

त्यस्तै महोत्तरीको क्षेत्र नम्बर ३ को क तर्फको प्रदेश निर्वाचनका लागि मुजिम राईनको एकल नाम सिफारिस गरिएको छ । भने महोत्तरी क्षेत्र नम्बर ३ प्रदेश ख प्रत्यक्ष तर्फमा कौशलेन्द्र शर्मा, ईन्दु शर्मा, मनोज साह, विश्वनाथ यादव, उचित दास र सरोज साहको नाम सिफारिस गरिएको छ ।

त्यस्तै महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ को संघीय निर्वाचनका लागि गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र रज्जि हैदरको नाम सिफारिस गरिएको छ ।

त्यस्तै महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को क तर्फका लागि रामबाबु चौधरीको एकल नाम रहेको छ भने क्षेत्र नम्बर ४ को ख तर्फका लागि पनि लालेन्द्रकुमार मण्डलको एकल नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र महोत्तरीका जिल्ला ईन्चार्ज राजु खड्काले बताए ।
त्यस्तै ७१ जनाको नाम समानुपातिक सूचीमा सिफारिस गरेको उनले बताए ।