सप्तरी माओवादीले पनि गर्यो यस्तो सिफारिस

सप्तरी, भाद्र २६

नेकपा माओवादी सप्तरीले पनि आकांक्षी उम्मेदवारहरुको नामावली पार्टीको केन्द्रिय समितिमा सिफारिस गरेका छन् ।

सप्तरी माओवादीले सिफारिस गरेको नामावलीमा संघीय सरकारमा मन्त्री भईसकेका एक मन्त्री भने प्रदेशसभामै प्रत्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फमा अशोककुमार मण्डल अमर र सूर्यनाथ यादव सुभाषको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा तर्फको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को क मा शम्भु खड्का र सत्यनारायाण चौधरीको नाम रहेका छन् । भने अशोक कुमार मण्डल अमर र सुर्यनाथ यादवको सुभाषको नाम प्रदेशसभा क्षेत्र नम्बर १ को ख बाट समेत उनीहरुले आफ्नै नाम सिफारिस गरेका छन् ।
अमर र सुभाषको नाम भन प्रतिनिधिसभा सदस्यका लागि पनि सिफारिस गरेका छन् भने प्रदेशमा पनि उनीहरुले आफ्नै नाम सिफारिस गरेका छन् ।No photo description available.

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कसैको पनि उम्मेदवारी परेको छैन । भने प्रदेशसभा निर्वाच क्षेत्र नम्बर १ बाट पनि कसैको पनि नाम सिफारिस गरिएको छैन । तर प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को ख बाट भने महेश प्रसाद यादव र पूर्वमन्त्री उमेश कुमार यादवको नाम सिफारिस गरिएको छ ।

त्यस्तै सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि शेर सिंह र कर्मलाल यादवको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा सदस्यका लागि प्रदेशसभा क्षेत्र नम्बर ३ को क बाट अरुण कुमार साह र श्याम नारायण चौधरी तथा प्रदेशसभा क्षेत्र नम्बर ३ को ख बाट ऋषि यादव र कमाल खाँको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का लागि कर्मलाल चौधरीको एकल नाम सिफारिस गरिएको छ । उनको नाम क्षेत्र नम्बर ३ बाट पनि सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर ४ को क बाट रुबीकुमारी कर्णको एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभा क्षेत्र नम्रब ४ को ख बाट सुर्या यादव र किरण यादवको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र सप्तरीका जिल्ला ईन्चार्ज अकोश कुमार मण्डल अमरले बताए ।

No description available.