प्रफुल्ल कुमार घिमिरे
प्रजातन्त्र ,लोकतन्त्र या भनौं गणतन्त्र प्राप्तिका संघर्षमा नेपाली काँग्रेसका हजारौं हजार नेता कार्यक्रताहरुले आफ्नो जीवनलाइ आहुती दिए। अङ्ग –भङ्ग भए। दुःख यातनाहरु खेपे।
जिवनका अमूल्य समयहरुलाई जेलको चार घेराभित्र खुम्छाउन बाध्य भए। यी प्राप्त गरिएकै प्रजातन्त्र ,लोकतन्त्र , गणतन्त्रका संघर्षमा धनुषाका पनि अनेकौं अनेक नेताकार्यकर्ताहरु अग्रिम पंक्तिमा नै रहेका थिए। यस मध्येका केही नेताहरु संगठन संरचना एंव सत्तामा जान सफल भए । सफल भएकाहरुले रणनीतिक राजनिती स्वार्थले आफु संगसंगै प्रजातान्त्रिक आन्दोलनमा होमिएकाहरुलाइ एक पछि अर्को गर्दै तिनीहरुको अस्तित्व, योगदानहरुलाई समाप्त पार्दै मानमर्दन गर्दै गए । संगठन संरचना एंव अवसरहरुबाट समेत बञ्चित पारे ।
आफ्नो दुनो सोझ्याउन चाकरी ,चाप्लुसी गर्न खप्पिस रहेका, एंव पैसाको बलमा पद र अवसर प्राप्तिकालागी नेतालाई रिझाउन सक्ने अवसरवादीहरुको समुह तयार पारेर रमिएका छन् । मख्ख परेका छन । सत्ता लिप्साको स्वादमा मद मस्त भएकाहरु सत्ताबाट वञ्चित हुना साथ रन्थनिएका छन। सत्ता प्राप्तिकालागी आत्तुर भएका छन। यस्ता नेताहरूको रणनीतिक स्वार्थ पुर्ण राजनीतिले गर्दा मूल्य मान्यताहरुलाई समाप्त पारिदैछन। सिद्धान्त र आदर्शका कुराहरुको खिल्ली उडाइको छ । सत्ता प्राप्तिकालागी हदैसम्मको निकृष्ठ कार्य गर्न पनि उद्धत रहेक छन। हिजो सम्म ठूल्ठूला आदर्श , सैद्धान्तिक निष्ठा, प्रतिबद्धता , इमान्दारीता गफ हाँक्नेहरुको सत्ता मोह चर्म उत्कर्षमा पुगेको छ।
आफ्नो वर्चस्व देखाउन संगठनात्मक निर्णय , निति , निर्देशन , बिधानको खिल्ली उडाउदैं छन। स्थानीय तह देखि प्रदेश सभा , प्रतिनिधि सभा सम्मका टिकट बिक्री गरिएका छन । लाखौंको लेनदेनमा एकल नाउहरु केन्द्रिय निर्देशन, परिपत्र बिपरित नेताहरुले हैकमवादी शैलीमा दबाब सृजना गरेर सिफारिस गर्न लगाएका छन । यस्ता प्रवृत्तिबाट केन्द्रिय राजनीतिमा हालिमुहाली गर्न पुगेका धनुषाका केहि नेताको सत्ता मोहले अनेकौं संघर्षरत कार्यक्रताहरुलाई बलिदान दिने रणनीति अख्तियार गर्दै समाप्त पार्ने प्रयास गरिएको छ र गरिदैंछ।
धनुषाको राजनीति वृत्तको मानचित्रबाट तिनीहरुलाई सिध्याइएका छन , ओझेलमा पारिदैंछन। प्रजातान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पुर्याएका धनुषाका नेता कार्यकर्ताहरुको फेरिहस्त लामै छ।
त्यस मध्येका महेन्द्र नारायण निधि , श्रीमती लीला कोइराला , मथुरा प्रसाद उपाध्याय , बोध प्रसाद उपाध्याय , ठाकुर प्रसाद ढुंगाना , पं. रमाकान्त झा, भिष्मजंग केसी , सुरेश मान जोशी , बलराम नायक, चिन्ता हरन सिंह , मदन सहगल, भुबनेश्वर महासेठ, बलभद्र कर्ण, सिताराम साह , जुगेश्वर साह, अखिलानन्द श्रीवास्तव, अरविन्द ठाकुर , महावीर शर्मा , सोनेलाल पासमान, राम बहादुर महतो, सरयुग चौधरी , ज्ञानि शंकर गिरि, दिप नारायण महतो ,बलभद्र झा, कपिलेश्वर झा, राजेन्द्र झा, देव नारायण झा (देबु बाबू) प्रेम नाथ पाण्डे , राम राज साह, स्मृति नारायण चौधरी , नेबि नदाफ, किशोरी साह, बैधनाथ साह ……युगेश्वर कापड लगायत अनेकौं अनेक रहेका छन। त्यस्तै सहादत प्राप्त गरेका सरोज प्रसाद कोइराला , दुर्गा नन्द झा, कामेश्वर–कुशेश्वर, जानकी देवी , मुनेश्वरी देवी , सोनावती देबि, रामनारायण यादव , उदय शंकर मण्डल , राम बिलास ठाकुर , सत्यनारायण पाठक , बिष्णु देव महत्तो, लगायतका छन भने राज्यद्वारा बेपत्ता बनाइएका पदम लामा , इश्वर लामा , डा. लक्ष्मी नारायण झा, र सत्यनारायण साह रहेका छन। यस्तै बिद्यार्थी आन्दोलनबाट लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका आनन्द ढुंगाना , बिमलेन्द्र निधि , रामसरोज यादव , समीर घिमिरे , दिलिप सहगल, राज कुमार भारती , बोनु कोइराला , सबिना कोइराला ,बृषेष चन्द्र लाल, लाल किसोर साह , नन्दलाल साह, रुप नारायण मण्डल , युवराज खाती, दिगम्बर राय , महेन्द्र यादव , रामकृष्ण यादब, ललन चौधरी , प्रफुल्ल कुमार घिमिरे , मनोहर खाती, नारायण पाठक , पुरुषोत्तम ढुगेंल, रतन कर्ण, बबन कर्न, रमन कर्न, नागेश्वर साह दर्पण, साहित्य नन्द यादव , राम भरत साह, शुभ नारायण साह , रामकृष्ण मण्डल , राज किशोर राउत , केशव ढुगेंल , राज किशोर सिहं, सुनिल झा, प्रभात शर्मा , पवन लाल कर्ण, कुवर कान्त झा, धर्मेन्द्र झा, धिरेन्द्र मोहन झा, राज कुमार झा, …..लगायत अनेकौं अनेक रहेका छन् ।
यस मध्येका कतिपय नेपाली काँग्रेसका राजनीतिमा सकृय रहेका छन् भने कतिपयलाई नेपाली काँग्रेसमा शक्तिशाली बन्न पुगेकाहरुले अन्य राजनीतिक दलमा प्रवेश गर्न बाध्य पारेका छन । बिस्थापित गरेका छन र गरिदैं छन् ।
जो रहेका छन तिनिहरुलाई मान
मर्दन गरिएको छ। गरिदैं छ । निष्कृय बनाइदैछ। हिजो सम्म दुःख–सुख ,आन्दोलनहरुमा होमिएका ,सहादत दिएका घर परिवारका सदस्यहरुको अवमूल्यन गरिएको छ। होच्याइदैं छ । कठोर निर्णय लिन बिवस बनाइदैं छ। संगठनमा रहेकाहरूलाई निस्तेज बनाइदै छ। संगठनको साखलाई , छविलाई पुर्ण रुपले सिध्याइदै छ। २०४६ सालको जन आन्दोलन पश्चात् नै अर्थोपार्जनलाई प्रमुख लक्ष्य बोकेर प्रारम्भ गरेका षड्यन्त्र अन्तिम चरणमा पुगेको छ।
तराई मधेसबाट नै नेपाली काँग्रेसको अस्तित्व विहिन बनाउदै कलान्तरमा एउटा शक्तिशाली क्षेत्रीय राजनीतिक दल निर्माण गर्ने संकल्प बोकेर हिडेका नेताहरूबाट नेपाली काँग्रेसका आम कार्यकर्ताले अब के आशा राख्ने हो ?