काठमाडौँ, असोज ६
संसदीय व्यवस्थाको विरुद्धमा रहेका वामपन्थी दलहरुले हुन लागेको निर्वाचन बहिष्कार गर्ने भएका छन् ।
आगामी मंसिर ४ गतेको चुनाव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायतका दलले बहिष्कार गर्ने भएका छन् ।
सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने नेकपाका केन्द्रीय सदस्य असल क्षेत्रीले बताए ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग समेत लिएको थियो । सो चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको नेकपाले जनाएको छ । सरकारले गत साउनमा विप्लवसहित शिर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९ औं महाधिवेशन समेत प्रभावित भएको छ ।
नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको नेकपा माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले पनि चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।
