काठमाडौँ, असोज ६

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्वमहानिरीक्षक खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन् ।

यसअघि पूर्वमहानिरीक्षक खनालले अध्यक्ष ओलीलाई बुधबार बालकोटमा भेटघाट गरेका थिए ।

भेटघाटका क्रममा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए ।

बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको बताइएको छ ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा खनाल महानिरीक्षक थिए ।