जनकपुर, असोज ११
शहिदनगर नगरपालिकामा व्यवसायीहरुले आफ्नो हित र सुरक्षालाई दृष्टिगत गर्दै व्यापारी तथा व्यवसायीहरु एकजुट भएका छन् ।
मंगलबार यदुकाहामा शहिदनगर व्यापार संघ गठन गर्दै औपचारिकरुपमा उद्घाटन गरेका छन् ।
राजदेव प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय शहिदनगर व्यापार संघ गठन गरेका हुन् ।
सो संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद मण्डल, उपाध्यक्षमा श्यामकुमार मण्डल, महासचिवमा रामईश्वर महतो, सचिवमा विजयकुमार साह र कोषाध्यक्षमा सुनितादेवी महतो सुडी छन् ।
त्यस्तै सदस्यहरुमा संजयकुमार यादव, जयशंकर साह, ललिताकुमारी प्रधान, रामकुमार महतो, धनिकलाल मण्डल, रामदेव महतो, बेचन मण्डल केवट, दिलिपकुमार मुखिया, राकेश प्रसाद मण्डल, जयप्रकाश यादव, मोकिम अंसारी, जितन मण्डल, सिकेन्द्र मण्डल खत्वे, गणेशकुमार चौधरी, ओमप्रकाश महथा रहेका छन् ।
संघको गठन घोषणा एक कार्यक्रम वीच भएको थियो ।
संघका अध्यक्ष राजदेव प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव, निवर्तमान मेयर उदयकुमार बरबरिया, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतकाले शुभकामना मन्तव्य दिएका थिए ।
