जनकपुर, असोज १२

धनुषामा चार वर्षिय एक बालकको हत्या भएको छ ।

बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगर बस्ने किसन पासवानका ४ वर्षीय छोरा अनुप पासवानको फलामे रड प्रहार गरि हत्या भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले आफ्नै काका २८ वर्षीय रवि पासवानले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको जानकारी दिए ।

रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका बालको उपचारको क्रममा आधा घण्टा भित्रै बालकको मृत्यू भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

घटना लगत्तै काका रविलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

पारिवारिक विवादका कारण आवेशमा आएर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बालकको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।