जनकपुर, असोज १२
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको किचेन क्याबिनेटका एक सदस्य समेत रहेकी सांसदले उनलाई छाडेर अर्को पार्टी रोजेकी छिन् ।
लोसपा नेपालबाट पूर्वमन्त्री समेत रहेकी चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वागत गरेका छन् ।
काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने भनेपछि सर्तानुसार उनी प्रवेश गरेकी काँग्रेसका एक नेताले बताए ।
सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए ।
उनी लोसपा नेपालबाट समानुपातिक सांसद भएकी थिइन् ।
