पर्सा, असोज १२
पर्सामा प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।
पर्साको वीरगत्तजबाट पक्राउ पर्नेमा बारा घर भएका २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतीय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक सडक खण्डबाट ना.१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनीहरुको साथमा लागुऔषध फेला परेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा, डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरिएको छ ।
आरोपीहरुबिरुद्ध जिल्ला अदालत पर्साबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
