जनकपुर, असोज १४
जनकपुरधाममै बिएससी एजी र बिएससी फोरेष्ट्रीको पढाई हुनेगरी कलेज संचालनमा आउने भएको छ ।
शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि जनकपुरधाममा जनकपुर कम्युनिटी कलेज नामक थप एक कलेज सञ्चालनमा आउने जानकारी गराइएको हो ।
सो कलेजबाट शुरुमा बिआइटीको पढाई सुरु हुने र चाँडै बिएससी एजी र बिएससी फोरेष्ट्रीको पनि पढाई हुने बताइएको छ ।
जनकपुरधामको वडा नं. ८ रामानन्द चौकमा सञ्चालन हुने कलेजलाई सो कोर्शहरुका लागि पुर्वाञ्चल विश्वविद्यालयलले सम्बन्धन प्रदान गरिसकेको छ ।
सामुदायिक अवधारणाको यो कलेजमा विद्यार्थीहरु स्वरोजगारका साथ साथै पढाई पनि गर्न सक्ने छन् ।
मधेशका लागि अति आवश्यक बिएससी एजी र बिएससी फोरेष्टीको कोर्शमा पालिकाहरु पहल र सहयोगमा गरिव, दलित, जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृतीको समेत व्यवस्था गरिने सञ्चालकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कलेजको सञ्चालक समितिको रुपमा आशिष झा, डा. सोहन साह, अमित ठाकुर, ज्योत्सना क्रान्ति सहितको उपस्थिती थियो ।
