जनकपुर, असोज १४

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहलाई मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण संवद्र्धनका लागि मैथिली भाषी अभियानीहरुको एक समुहले ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख साहलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै मातृभाषालाई प्राथमिकता दिदैँ अध्ययनअध्यापन तथा कामकाजको भाषा बनाउने देखि अक्षयकोष स्थापनासम्मको माग गरेका छन् ।

आधारभुत तहमा मातृभाषा तथा स्थानीय विषयका पठनपाठन, मैथिली पढाउने पालिका शिक्षकलाई नियूक्ति, मातृभाषामा प्राथमिक शिक्षा, पालिका भित्र मैथिली भाषा कामकाजको भाषा, तिरहुत लिपीको संरक्षण प्रशिक्षण, एक करोड राशीको राजर्षि जनक अक्षय कोष स्थापनाको समेत माग सभाले गरेका हुन् ।

त्यस्तै नगरको विभिन्न पथ, गल्ली तथा चोकहरुको नामकरण समेत गर्न माग गरेका छन् । सभाले जनकपुरधाम उपमहानगरको कुनै एक चोकको नाम सलहेस चोक गर्न माग गरेका छन् ।

गत वर्ष निर्मित शहीदद्वारको परिमार्जन मिथिला आन्दोलनको शहीदहरुको स्मारक निर्माण तथा पसलहरुमा हुने गरेको विज्ञापन समेत मैथिली भाषामा हुनु पर्ने माग गरेका छन् ।

सो ज्ञापनपत्र मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, मिथिला नाट्यकला परिषदका अध्यक्ष परमेश्वर झा, रामानन्द यूवा क्लबका अध्यक्ष मनमोहन साह, रंग वाटिका नेपालका अध्यक्ष उपेन्द्रभगत नागवंशी र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले संयूक्तरुपमा बुझाएका थिए ।

No description available.No description available.No description available.