जनकपुर, असोज १५

सत्तारुढ जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।

श्निबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएकोले विकल्पसहित यस्तो निर्णय गरेको बताए ।

उनले भने, ‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ ।

यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको उनले बताए ।

No description available.