जनकपुर, असोज १९

जनकपुरधामको शक्तिपीठ माता राजदेवी मन्दिरमा विगत भन्दा करिब ६ सय बढी खसीको बलिप्रदानको भएको छ ।

यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो ।

सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरू भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो ।

बलिप्रदान बिहान ३ः५३ बजेसम्म चलेको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।

बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो ।

परम्परागतरुपमा हुँदै आएको राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो भने २०७७ सालमा ८ हजार ९ सय ६८, २०७६ सालमा १४ हजार ९ सय ९७, २०७५ सालमा १४ हजार ९ सय ९७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७३ सालमा १४ हजार ६ सय १७, २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७० सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो ।