जनकपुर, असोज २२
संघर्षशील मधेशी मोर्चाले पूर्ण समानुपाति निर्वाचन प्रणालीको मागसहित दुई बुँदे राजनीतिक माग अघि सारेका छन् ।
शनिबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गर्दै मोर्चाका संयोजक कैलाश महतोले हाम्रो माग पूरा नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
मोर्चाले मौजूदा मिश्रित निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गरी संघ र प्रदेशको निर्वाचन गराउनु पर्ने र स्थानीय निकायको निर्वाचनलाई पार्टी विहीन निर्दलिय बनाउन माग गरेका अघि सारेका छन् ।
संयोजक महतोले हाम्रो माग सम्बोधन नभए निर्वाचन प्रणाली विरुद्धको आन्दोलनबाट हुन जाने परिणामहरुको कुनैपनि जिम्मेवारी हाम्रो नहुने चेतावनी समेत दिएका छन् ।
उनले मधेशमा निर्वाचन नै हुन नदिने स्पष्ट पारेका छन् ।
उनले राजनीतिक, आर्थिक, मानसिक र सामाजिक दुष्प्रभावहरुबाट देश र जनतालाई बचाउन र राज्यमा उनीहरुको समानुपातिक प्रतिनिधित्व गराउनका लागि संघर्षशील मधेशी मोर्चाले नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु र सम्बन्धित सम्पूर्ण सरोकारवालहरुमा अपिल समेत गरेका छन् ।




