जनकपुर, असोज २२
नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
तर दुई उम्मेदवारको नाम अझै पनि टुंगो लाग्न सकेको छैन ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले मधेस प्रदेशका ३२ वटा मध्ये ६ सिट पाएको छ ।
जसमध्ये धनुषा– १ मा मात्रिकाप्रसाद यादव, सिराहा– ३ मा विश्वनाथ साह, महोत्तरी– १ मा गिरिराजमणि पोखरेल र सर्लाही– २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सर्लाही– ३ र रौतहट– ३ को प्रतिनिधिसभा सदस्य उम्देवारको नाम टुंगो लगाउन अझै केही समय लाग्ने केन्द्रिय सचिव गणेश साहले जानकारी दिए ।
