जनकपुर, असोज २३

मधेस प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह तथा सञ्चार मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको जनाएको छ ।

ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मन्त्रिस्तरीय निर्णयबाट सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले बताए ।