जनकपुर, असोज २३
धनुषा– ३ बाट पाँच दलीय गठबन्धनबाट लोसपा नेपालका नेता अनिल कुमार झा र नेकपा एमालेकी नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतोले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।
पूर्वमन्त्री नेता झा र एमाले–जसपा गठबन्धनबाट पूर्वमन्त्री समेत रहेकी नेतृ महतोले धनुषा– ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिबाट पराजित भएकी नेतृ महतो २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
उनीसंगै धनुषा ३(क)मा प्रदेससभाका लागि जसपाका जितेन्द्र यादव र धनुषा ३(ख)मा एमालेबाट दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । भने पाँच दलीय गठबन्धनबाट धनुषा–३ ३(क) मा काँग्रेसका नेता समेत रहेका मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र धनुषा– ३(ख) बाट लोसपाका नेता परमेश्वर साहले उम्मेदवारी दिएका छन् ।
